नेपालमा कियाको नयाँ सर्भिस सेन्टर

किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल इन्टरप्राइजेजले काठमाडौंको धापासीमा अत्याधुनिक नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

ग्राहकहरूलाई छिटो र छरितो सेवा दिने उद्देश्यले खोलिएको यस सेन्टरमा अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक उपकरणहरू प्रयोग गरिएको छ।

यस नयाँ केन्द्रमा दक्ष प्राविधिकहरूद्वारा गाडीको मर्मत सम्भारका साथै जेनुइन स्पेयर पार्टसहरूको सहज उपलब्धता रहने कम्पनीले जनाएको छ।

कियाले आफ्नो बढ्दो ग्राहक संख्यालाई मध्यनजर गर्दै सेवा सञ्जाल विस्तार गर्ने रणनीति अन्तर्गत यो नयाँ आउटलेट थपेको हो।

कम्पनीले यस सेन्टरमार्फत गुणस्तरीय सर्भिसिङ अनुभव प्रदान गर्ने र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

हाल नेपालभर कियाका विभिन्न मोडलका गाडीहरू लोकप्रिय रहेकाले यो नयाँ सुविधाले काठमाडौं उत्तरतर्फका प्रयोगकर्तालाई ठूलो राहत पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *