Skip to content
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगञ्ज नाका हुँदै करिब ३ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन भित्रिएका छन्।
गत वर्षको तुलनामा यो आयात १०२ प्रतिशतले बढेको हो; गत वर्ष यही अवधिमा १ अर्ब ४८ करोड रुपैयाँका मात्र विद्युतीय सवारी आयात भएका थिए।
तथ्याङ्कअनुसार यस वर्ष ४९३ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्, जसको कुल मूल्य १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३९८ वटा विद्युतीय मोटरसाइकल र स्कुटरहरू नेपाल भित्रिएका छन्।
तीन पाङ्ग्रे विद्युतीय सवारीको आयातमा पनि वृद्धि देखिएको छ; यस अवधिमा ५३ करोड रुपैयाँका ४ हजार ६०६ वटा त्यस्ता सवारी आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार विद्युतीय सवारीप्रति बढ्दो आकर्षणले गर्दा आयातको ग्राफ शतप्रतिशतभन्दा बढीले उकालो लागेको हो।
यो वृद्धिले नेपाली बजारमा इन्धनबाट चल्ने सवारीको तुलनामा ईभीको लोकप्रियता र प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गर्दछ।
Post Views: 13