Skip to content
एमजी मोटरको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले आगामी एक महिनाभित्र नयाँ इलेक्ट्रिक एसयूभी ‘एमजी एस सिक्स’ (MG S6) नेपाली बजारमा ल्याउने भएको छ।
यो नयाँ ईभीमा १८० किलोवाटको मोटर र ७७ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको फुल चार्जमा ५२९ किलोमिटरसम्मको रेन्ज (WLTP) दिने कम्पनीको दाबी छ।
आक्रामक डिजाइन र प्रिमियम फिचरसहित आउने यस गाडीमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ र ११ वटा स्पिकर जडान गरिएको छ।

सुरक्षाका लागि यसले ‘फाइभ स्टार युरो एनक्याप’ रेटिङ पाएको छ भने यसमा ६७४ लिटरको ठूलो बुट स्पेस र १२४ लिटरको फ्रन्ट ट्रंक (Frunk) समेत उपलब्ध छ।
नेपालभर रहेका एमजीका १४ वटै शोरुमबाट बुकिङ खुला गरिने यो गाडीले बजारमा रहेका बीवाईडी सिलायन ७ र दिपल एस०७ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने देखिन्छ।
लामो दूरीको यात्रा र पारिवारिक आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको यस एसयूभीमा अगाडि र पछाडिका सिटहरूमा ‘हिटेड’ सुविधा समेत दिइएको छ।
यो गाडी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ, जसले गर्दा यसको कार्यक्षमता र सडकमा पकड उत्कृष्ट हुने अपेक्षा गरिएको छ।
Post Views: 12