Skip to content
सरकारले सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) मा विद्युतीय सवारी साधनको प्रकार स्पष्ट खुलाउने गरी नयाँ कानुनी व्यवस्था गर्न लागेको छ।
हालको कानुनले डिजेल र पेट्रोल इन्जिनलाई मात्र चिन्ने भएकाले ब्लुबुकमा इभीको विवरण हातले लेख्नुपर्ने बाध्यता रहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको नयाँ कानुनको मस्यौदामा इभीलाई इन्धनका आधारमा वर्गीकरण गरिएको छ।

यस प्रस्तावमा ब्याट्री इलेक्ट्रिक, प्लग-इन हाइब्रिड र हाइब्रिड इलेक्ट्रिक सवारी साधनहरूलाई स्पष्ट रूपमा समावेश गरिएको छ।
त्यसैगरी हाइड्रोजन फ्युल सेल, सीएनजी र बायोडीजल जस्ता वैकल्पिक इन्धनबाट चल्ने सवारीलाई पनि कानुनले समेट्नेछ।
२०४९ सालको पुरानो सवारी ऐन खारेज गरी आधुनिक प्रविधिमैत्री नयाँ कानुन ल्याउने तयारी सरकारले गरेको हो।
यो व्यवस्था लागू भएपछि विद्युतीय सवारी दर्ता र नवीकरण प्रक्रिया थप व्यवस्थित र कानुनी रूपमा स्पष्ट हुने विश्वास गरिएको छ।
Post Views: 54