चिनियाँ कारको प्रिमियम दबदबा

भोलि शुक्रबारदेखि बेइजिङमा सुरु हुने ‘अटो शो’ मार्फत चिनियाँ कम्पनीहरूले जर्मन प्रिमियम ब्रान्डहरूलाई कडा चुनौती दिँदैछन्।

जीली र नियो जस्ता चिनियाँ ब्रान्डहरूले पोर्सा र बीएमडब्लूका ग्राहकलाई आकर्षित गर्न अत्याधुनिक र सस्तो मोडलहरू ल्याएका छन्।

विगत ६ वर्षमा चीनमा जर्मन कारको बिक्री करिब २५ प्रतिशतले घटेको तथ्याङ्कले विश्व बजारमा चिनियाँ ईभीको शक्ति प्रष्ट पारेको छ।

यस वर्षको प्रदर्शनीमा १ हजार ४ सयभन्दा बढी सवारी र ७१ वटा कन्सेप्ट कारहरू सार्वजनिक गर्ने तयारी पूरा भएको छ।

जीलीको नयाँ ‘एटएक्स’ जस्ता मोडलले गति र प्रविधिमा महँगा युरोपेली लक्जरी कारहरूलाई समेत पछि पारेका छन्।

चिनियाँ कार निर्माताहरू अब सस्तो मूल्यमा मात्र नभएर ‘भ्यालु फर मनी’ र उच्च प्रविधिमा केन्द्रित हुन थालेका छन्।

नेपाली बजारमा उपलब्ध हुने दिपल र चेरी जस्ता ब्रान्डका नयाँ मोडलहरू पनि भोलिदेखि सोही प्रदर्शनीमा देखिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *