नाडाद्वारा एमआरपी स्टिकरबारे छलफल

हिजो मंगलबार नाडा अटोमोबाइल्स एसोसिएसनको टोलीले वाणिज्य विभागका महानिर्देशक रोशन ज्ञवालीसँग भेट गरी महत्वपूर्ण छलफल गरेको छ।

छलफलमा विदेशबाट आयात हुने अटोमोवाइल वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (MRP) स्टिकर टाँस्नुपर्ने सरकारी नियमबारे कुराकानी भयो।

नाडाले पारदर्शी व्यवसायको समर्थन गरे पनि पुरानो स्टकमा रहेका सामानको हकमा के गर्ने भन्ने विषयमा आफ्नो चासो व्यक्त गरेको छ।

भन्सार विन्दुमै स्टिकर टाँस्नुपर्ने व्यवस्था कत्तिको व्यावहारिक हुन्छ भन्दै नाडाले सरकारको ध्यानाकर्षण गराउँदै लिखित पत्र समेत बुझाएको छ।

महानिर्देशक ज्ञवालीले यो नियम उपभोक्ता संरक्षण ऐन र सरकारको १०० बुँदे योजनाको प्राथमिकतामा रहेकोले यसलाई कडाइका साथ लागू गरिने बताउनुभयो।

विभागले व्यवसायीका व्यावहारिक समस्या समाधान गर्न तयार रहेको आश्वासन दिँदै नियम कार्यान्वयनका लागि व्यवसायीहरूको प्रतिबद्धता मागेको छ।

उक्त भेटघाटमा नाडाका पदाधिकारीहरूले स्टिकर व्यवस्थालाई सहज र कार्यान्वयन योग्य बनाउन कानुनमा आवश्यक सुधारका लागि सुझाव दिने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *