Skip to content
चितवनको भरतपुरमा यही वैशाख १७ देखि २१ गतेसम्म ‘चितवन अटो शो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ।
चितवन प्रदर्शनी केन्द्रमा हुने यस कार्यक्रममा कार, जीप र मोटरसाइकलका ७५ वटा स्टलका साथै बैंक र बिमाको सुविधा पनि उपलब्ध हुनेछ।
अटो शोमा पुराना भिन्टेज गाडी, महँगा बाइकहरूको प्रदर्शनी, मोटरसाइकल स्टन्ट र विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिनेछ।

आयोजकका अनुसार यस पटक अटो सेमिनार र हेल्मेट प्रयोगसम्बन्धी विशेष सचेतना कार्यक्रम पनि समावेश गरिएको छ।
सवारी खरिदमा विशेष छुट र लक्की ड्र मार्फत उपहारको व्यवस्था गरिएको यस मेलामा ५० करोडको कारोबार हुने अनुमान छ।
सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र विद्युतीय सवारी (EV) प्रविधिको प्रवर्द्धन गर्नु यस शोको मुख्य उद्देश्य हो।
महिन्द्रा मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई सफल पार्न स्थानीय संघ-संस्थाहरूले सक्रिय रूपमा सहयोग गरिरहेका छन्।
Post Views: 55