यामाहा ब्लु फेस्टको बम्पर विजेता

भृकुटीमण्डपमा जारी यामाहा ब्लु फेस्टको अन्तिम दिन ‘ब्लु कोड नयाँ वर्ष योजना’ अन्तर्गत ५ लाख रुपैयाँको बम्पर पुरस्कार विजेता घोषणा गरिएको छ।

भ्याली रोड मोटर्समार्फत ‘RayZR 125 Fi Hybrid’ खरिद गरेका उमेश थापा मगरले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका हुन्।

त्यसैगरी नबिना शर्माले १ लाख, अरविन्द गुप्ताले ५५ हजार र आवाश चौधरीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

चैत २९ गतेदेखि सुरु भएको यस मेलामा मोटरसाइकल पारखी र परिवारहरूको ठूलो उपस्थिति रहेको थियो, जहाँ यामाहाका आधुनिक प्रविधि प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो।

मेलामा ५ लाखसम्मको क्यासब्याक, ४० महिनासम्मको सहज ईएमआई र तत्काल फाइनान्स जस्ता सुविधाहरूले खरिदकर्ताहरूलाई आकर्षित गरेका थिए।

५० भन्दा बढी रिकन हाउसहरू सहभागी एक्सचेन्ज कार्निभलमा पुराना मोटरसाइकलको पारदर्शी र प्रतिस्पर्धात्मक मूल्याङ्कन प्रमुख आकर्षण बनेको थियो।

एमएडब्लू राइड्सका सीईओ दीपक अग्रवालले ब्लु फेस्टप्रति पाएको प्रतिक्रियाबाट उत्साहित रहेको बताउँदै ग्राहकहरूलाई अन्तिम दिनका अफरहरूको लाभ लिन आग्रह गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *