अमेरिका–इरान युद्धले अलकत्रा अभाव

आयोजनाले धमाधम अरू काम गरे पनि अमेरिका र इजरायल मिलेर इरानविरुद्ध युद्ध गरेकाले त्यसले अलकत्रा (बिटुमिन) आयातमा असर परेको छ। यसले पनि सडक निर्माण कार्य प्रभावित हुन सक्ने जोखिम देखिएको छ।

सडक कालोपत्रे गर्न नभई नहुने अलकत्रा (बिटुमिन) इरानबाट आउने गर्छ। सडक आयोजनाकी प्रमुख न्यौपानेले आफूहरू सम्झौता अवधिमै सडक निर्माण पूरा गर्ने हिसाबले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखी तदारुकताका साथ निरन्तर काम गरे पनि नदीजन्य पदार्थको अभाव, जेन-जी आन्दोलन, सरकार फेरबदल र पछिल्लो अमेरिका–इरानबिचको युद्धले ठेक्का सम्झौताअनुसार निर्धारित अवधिमा सडक निर्माण पूरा नहुने हो कि भन्ने आशङ्का उब्जिएको बताइन्।

वन्यजन्तुमैत्री सडक

यो सडकमा गाडी गुडाउन मिल्ने ६ वटा फ्लाई ओभर, पैदल यात्रुका लागि १२ वटा अन्डर पास र ११ वटा ओभरहेड ब्रिज तथा वन्यजन्तु वारपार गर्न जङ्गल क्षेत्रमा १८ वटा अन्डर पास बनाइनेछ।

बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात् गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अन्डर पास’ निर्माण भइरहेको आयोजनाकी कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन्।

रुपन्देहीमा पर्ने जितगढी बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जितपुर चोकमा ‘भेहिकल अन्डर पास’ बनाइँदैछ।

बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर खण्ड विस्तारको काम पूरा भएलगत्तै कपिलवस्तुको चन्द्रौटासम्मको सडकखण्ड विस्तारको प्रक्रिया अगाडि बढाउने गरी टेन्डर आह्वान भइसकेको छ।

गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटर छ। बुटवलदेखि चन्द्रौटासम्म फराकिलो र आधुनिक सडक निर्माण पूरा भएपछि बुटवल बजार थप गुल्जार हुने र नयाँ-नयाँ अवसरका ढोका खुल्ने अपेक्षा छ।

पूर्वतर्फ पनि बुटवल नारायणगढ सडक विस्तार अन्तिम चरणमा पुगेकाले अब चन्द्रौटादेखि बर्दघाटसम्मको आर्थिक केन्द्र बुटवल बन्ने बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *