भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ सुरु

काठमाडौंको भृकुटीमण्डपमा यामाहा नेपालले आफ्नो बहुप्रतिक्षित ‘यामाहा ब्लु फेस्ट’ भव्य रूपमा सुरु गरेको छ।

एमएडब्लु ग्रुपका कार्यकारी अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गरेको यो फेस्ट आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

फेस्टको मुख्य आकर्षणका रूपमा नयाँ मोडेलको ‘यामाहा एफजेड–एस न्यू जेन’ मोटरसाइकल सार्वजनिक गरिएको छ।

ग्राहकले पुरानो बाइक वा स्कुटर साटेर नयाँ यामाहा लिन चाहेमा ५० भन्दा बढी रिकन्डिसन हाउसबाट तत्काल उचित मूल्याङ्कन पाउनेछन्।

फेस्टमा ५ लाख रुपैयाँसम्मको क्यासब्याक, ४० महिनासम्मको सस्तो ईएमआई र नागरिकताकै भरमा फाइनान्स सुविधा उपलब्ध छ।

नयाँ वर्षको ‘ब्लु कोड’ अफरसँगै खरिदकर्ताले विभिन्न आकर्षक पुरस्कार र निःशुल्क एसेसरीजहरू समेत प्राप्त गर्न सक्नेछन्।

बिक्रीका साथै फेस्टमा मनोरञ्जनात्मक स्टन्ट शो, सेलिब्रिटीहरूसँगको भेटघाट र कस्प्ले प्रस्तुतिहरू पनि समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *