Skip to content
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो वृद्धि गरेको छ।
नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा १७ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ बढाइएको छ।
अब उपभोक्ताले पेट्रोलका लागि प्रति लिटर २१९ रुपैयाँ र डिजेलका लागि २०७ रुपैयाँ तिर्नुपर्नेछ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर १०० रुपैयाँले बढेर २०१० रुपैयाँ पुगेको छ।
हवाई इन्धनको मूल्यमा पनि प्रति लिटर ६ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।
सरकारले भन्सार र पूर्वाधार करमा छुट दिँदा पनि निगमको घाटा कम नभएपछि मूल्य बढाउनु परेको हो।
इन्धनको खपत घटाउन सरकारले हप्तामा दुई दिन बिदा दिने र जोरविजोर प्रणाली लागू गर्ने तयारी समेत गरेको छ।
Post Views: 72