कञ्चनपुरमा जीप दुर्घटना: दुईको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहीबार साँझ कुमगडाको कच्ची सडकमा से १ ज २९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

मृत्यु हुनेमा कृष्णपुर–१ का ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेका छन्।

 

दुर्घटनामा जीप चालक २४ वर्षीय अर्जुन साउद गम्भीर घाइते भएका छन् भने अन्य ५ जनाको अवस्था मध्यम रहेको छ।

चालकको टाउको र शरीरमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ।

सबै घाइतेहरूलाई थप उपचारका लागि कृष्णपुर नगरपालिकाको एम्बुलेन्समार्फत धनगढी पठाइएको छ।

जीपमा चालकसहित जम्मा ८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *