Skip to content
१२ वर्षदेखि अलपत्र परेको तनहुँ–चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम सुरु गर्न निर्देशन दिइएको छ।
सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्र पठाएर काम तत्काल अघि बढाउन भनेको हो।
संशोधित डिजाइन तेस्रो पक्षबाट जाँच भइसकेपछि निर्माण प्रक्रिया अघि बढाउन हरियो झण्डा दिइएको कार्यालयले जनाएको छ।
पुल नबन्दा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेपिरहेका थिए र विभिन्न निकायमा दबाबसमेत दिँदै आएका थिए।

२०७० सालमा सम्झौता भएको यो पुल हालसम्म करिब ३६ प्रतिशत मात्र निर्माण भएको छ र दुवैतर्फ पिलर मात्र बनेका छन्।
बारम्बार म्याद थप र डिजाइन परिवर्तनका कारण काम ढिलो भएको हो। अहिले २०८३ असारसम्मका लागि नयाँ म्याद थप गरिएको छ।
यो पुल बनेपछि पोखरा–चितवन आवतजावत करिब २३ किलोमिटर छोटो हुने र यात्रा सहज हुने अपेक्षा गरिएको छ।
पुल १०५ मिटर लामो र ११ मिटर चौडा हुने छ, जसले आसपासका स्थानीयलाई ठूलो राहत दिने विश्वास गरिएको छ।
Post Views: 59