Skip to content
नेपाल अटोपत्रकार संघ (जाम नेपाल) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
भक्तपुरको नगरकोटमा सम्पन्न चौथो साधारणसभाले सुरेन्द्र पौडेलको नेतृत्वमा नयाँ टोली चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो र उहाँ आर्थिक आवाज अनलाइनमा आवद्ध हुनुहुन्छ।
त्यस्तै, संघको उपाध्यक्षमा तोयानाथ पौडेल र महासचिवमा प्रयास श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
कार्यसमितिको सचिवमा बसन्त अर्याल र कोषाध्यक्षमा हरिप्रसाद गजुरेललाई चयन गरिएको छ।

सदस्यहरूमा सौरभ नेपाल, अमृत चिमोरिया र कमला भण्डारी सर्वसम्मत रूपमा छानिएका छन्।
संशोधित विधानअनुसार अब ११ सदस्यीय कार्यसमिति रहनेछ, जसको कार्यकाल दुई वर्षको हुनेछ।
निवर्तमान अध्यक्ष सागर गजुरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै कार्यभार हस्तान्तरण गर्नुभएको छ।
संस्थापक अध्यक्ष उज्ज्वल जंग शाहले नयाँ टोलीले पत्रकारहरूको क्षमता विकासमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
Post Views: 148