रिडारा ईभी पिकअप सार्वजनिक

काठमाडौं, नेपाल – सीजी मोटर्स, Geely Holding Group अन्तर्गतको Riddara ब्रान्डको नेपालका लागि आधिकारिक वितरकले नेपाली बजारमा नयाँ Riddara RD6 ECON 4×4 इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ।

यस गाडीको प्रारम्भिक मूल्य रु. ७१,९९,००० निर्धारण गरिएको छ।

“Pure Electric, Pure Capability” को अवधारणामा आधारित यो मोडेललाई नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ।

करिब दुई वर्षअघि NADA Auto Show मा पहिलो पटक प्रदर्शन भएपछि Riddara RD6 ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ।

अब ECON 4×4 भेरियन्टको आगमनसँगै Riddara ले अझ उच्च अफ-रोड क्षमता र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको छ।

यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्दछ।

४८५ Nm को अधिकतम टर्क र डुअल मोटर All-Wheel Drive (4×4) प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ-रोड क्षमता प्रदान गर्छ।

२२५ mm ग्राउन्ड क्लियरेन्स र १२३५ केजी पेलोड क्षमताले यसलाई भारी व्यवसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ।

यसमा Eco, Normal, Sport र Off-road (Snow, Mud, Sand) जस्ता मल्टिपल ड्राइभ मोडहरू समावेश गरिएका छन्।

गाडीमा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली अन्तर्गत IP68-रेटेड ब्याट्री प्याक र ५-स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम रहेको छ।

Riddara RD6 ECON 4×4 अब देशभर रहेका CG Motors का आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध छ।

थप जानकारीका लागि ९८०२३४१८२० वा ९७०७०९४१९० मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *