Skip to content
विदेशी नम्बर प्लेटसहित ल्याइएका लक्जरी ज्यागुअर गाडीको विषयमा भन्सार प्रशासनले स्पष्ट निष्कर्ष निकाल्न सकेको छैन।
चोभार सुक्खा बन्दरगाह भन्सारले गरेको छानबिनमा गाडी नयाँ हो कि पुरानो भन्ने पनि यकिन हुन सकेन।
आयातकर्ताको स्पष्टीकरणकै आधारमा नम्बर प्लेट अस्थायी भएको भन्दै मुद्दा टुंग्याउने तयारी गरिएको छ।

विदेशी नम्बर प्लेटमा गाडी आयात गर्नु कानुनतः निषेधित भए पनि यस प्रकरणमा पर्याप्त प्रमाण नभएको भन्दै कडाइ हुन सकेको छैन।
छानबिनका क्रममा निर्यातकर्ता कम्पनीले आयातकर्ताकै पक्षमा जवाफ दिएको र गाडीको दर्ता बेलायतमै कायम रहेको भेटिएको छ, जसले थप शंका उत्पन्न गरेको छ।
सम्बन्धित अधिकारीहरूले अब अन्तिम निर्णय विभागले गर्ने बताएका छन्।
Post Views: 104