नयाँ वर्ष २०८३ को अवसरमा, टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो विशेष अफर ‘टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक गरेको छ।
यस अफरमार्फत ग्राहकले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा दैनिक पुरस्कार, पाँच वर्षसम्म निःशुल्क पेट्रोल, र दैनिक अधिकतम रु. ५ लाखसम्मको छुट पाउने अवसर पाउनेछन्।
अफरलाई अझ सुलभ बनाउन न्यूनतम २,९६७ रुपैयाँबाट सुरु हुने ईएमआई सुविधा पनि उपलब्ध गरिएको छ, जसले ग्राहकको स्वामित्व अनुभवलाई सहज बनाउनेछ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ वर्ष अवसरमा ग्राहकको यात्रा अझ रमाइलो र लाभदायक बनाउन यो अफर ल्याइएको बताए।
उपाध्यक्ष दिपक रौनियारका अनुसार, अफर नगद, एक्सचेन्ज तथा फाइनान्स—तीनै माध्यममा उपलब्ध छ र पुराना मोटरसाइकल तथा स्कुटरमा उत्कृष्ट मूल्याङ्कन प्रदान गरिनेछ।
यस अफरमार्फत टिभिएसले ग्राहकसँगको सम्बन्ध सुदृढ गर्दै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।