ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधि प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्न लागेको छ।
बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन दोस्रो संस्करण २०२६ को मे महिनाको २९–३१ मा आयोजना गर्ने जनाएको छ।
प्रतियोगितामा प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि पेशाकर्मी सहभागी हुन सक्नेछन्। आवेदन मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत दिइसक्नुपर्नेछ।

पहिलो संस्करणमा उत्साहपूर्ण सहभागिताले सफलता पाएकोले बैंकले दोश्रो संस्करण आयोजना गर्न लागेको हो।
ह्याकाथनले डिजिटल बैंकिङमा नविनतम् सेवाहरू विकास गर्न र चुनौतीहरूको समाधान खोज्न सहयोग पुर्याउने विश्वास बैंकको छ।
प्रतियोगितामा सहभागीले बैंकले तोकेका विभिन्न विषयहरूमा आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारसहित बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ।
बैंकले प्रविधिमैत्री वित्तीय सेवा प्रवर्द्धन गर्दै डिजिटल बैंकिङ सेवा प्रभावकारी बनाउन र नविनतम् अवधारणालाई प्रोत्साहन दिन ह्याकाथनको महत्त्वपूर्ण भूमिका हुने जनाएको छ।
ग्लोबल आइएमई बैंकले नेपालमा ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन, राजश्व संकलन काउन्टर र ३ विदेश प्रतिनिधि कार्यालयमार्फत ग्राहकलाई सेवा दिइरहेको छ।
यसले विश्वभर विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।
Post Views: 93