Skip to content
काठमाडौं – ग्लोबल आइएमई बैंकले आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक र विपन्न वर्गका लागि मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्न सहयोग गर्ने भएको छ।
यसका लागि बैंकले तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै देशका सातै प्रदेशमा मोतिविन्दु पहिचान र निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गर्नेछ।
सम्झौताअनुसार आवश्यक परेका विपन्न विद्यार्थीलाई आँखा परीक्षण गरी निःशुल्क चस्मा पनि उपलब्ध गराइनेछ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको र यसलाई देशभर विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।
तिलगंगा आँखा प्रतिष्ठानले पनि सहकार्यलाई प्रभावकारी बनाउँदै दीर्घकालीन रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
Post Views: 220