नासा नेपाल सांसदलाई बधाई

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रतिनिधि सभामा नवनिर्वाचित सांसद आशिष गजुरेल (सिन्धुली) र सोम शर्मा (बागलुङ) लाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै सडक, यातायात, अटोमोबाइल, सडक सुरक्षा, साहसिक खेलकुद र दिगो पर्यटनसम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो।

संघका अध्यक्ष दशरथ रिसाल, सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषद् की कार्यकारी सदस्य सुवर्ण केशरी श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ लगायतले बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रममा आशिष गजुरेललाई अटोमोबाइल, यातायात व्यवस्थापन र सडक सुरक्षासम्बन्धी, भने सोम शर्मालाई साहसिक खेलकुद र दिगो पर्यटनसम्बन्धी ध्यानाकर्षण पत्र प्रदान गरिएको थियो।

आशिष गजुरेलले आफ्नो शैक्षिक, व्यावसायिक र राजनीतिक प्रतिबद्धताअनुसार सक्रिय काम गर्ने र संघका दक्ष सदस्यहरूको सहयोग अपेक्षा व्यक्त गर्नुभयो।

सोम शर्माले साहसिक खेलकुद क्षेत्रमा नेतृत्व रहने र गण्डकी प्रदेश तथा बागलुङलाई खेलकुद र पर्यटनको केन्द्रका रूपमा विकास गर्न क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *