दोस्रो वाडा अटो शो

पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताहरूको प्रशंसनीय सहभागिता पश्चात, नाडा–अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा) द्वारा चैत्र ११–१५, २०८२ मा नेपालको पर्यटकीय राजधानी पोखरा, लेकसाइड, तालबराही चोक स्थित खेल मैदानमा ‘दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ।

प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रबद्र्धक रहेको छ भने **व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)**ले गरेको छ।

प्रदर्शनीलाई सहज बनाउने क्रममा राइड इनर्जी (Powered By), शिखर इन्सुरेन्स (Insurance Partner), दिर्घायु पोखरा हस्पिटल (Hospital Partner), खल्ती एप (Ticketing Partner), युनियन पे (QR Partner), टेम्पल बेल (Hospitality Partner), पोखरा इन्टरनेट (Internet Partner), हिट प्रा.लि. (Fire Safety Partner), सिटिजन फर्निचर (Furniture Partner), पोखरा क्रिएटिभ्स प्रा.लि. (Printing Partner) जस्ता प्रतिष्ठित संस्थाहरूले सहयोग गरेका छन्।

यस संस्करणमा सवारी साधन खरिद–बिक्री, आधुनिक प्रविधि र नवपरिवर्तन सम्बन्धी जानकारी उपलब्ध गराइनेछ र अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइनेछ।

प्रदर्शनीले अटो व्यवसाय प्रबर्द्धन, क्षेत्रीय बजार पहुँच र नेपालमै उत्पादन सम्भाव्यताको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।

सवारी साधन आज विलासिता होइन, आवश्यक वस्तु भएकाले, प्रदर्शनीले क्षेत्रीय र केन्द्रीय अटो व्यवसायीहरूलाई एउटै छानामुनि भेला गराएर सहज व्यवसायिक वातावरण निर्माण गर्ने उद्देश्य राखेको छ।

विभिन्न जिल्लाहरूबाट आउने व्यवसायिक सहभागीले अटो व्यवसाय प्रबर्द्धन र आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा छ।

दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ मा:

  • १६ ब्राण्डका ४–पाङ्ग्रे,

  • ६ ब्राण्डका लाइट कमर्शियल,

  • १० ब्राण्डका २–पाङ्ग्रे,

  • १ ब्राण्ड हेभी कमर्शियल,

  • लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसेसरीहरू,

  • २० वित्तीय संस्थाका स्टलहरू

राखिनेछन्।

प्रदर्शनीमा भिन्टेज कार शो आयोजना हुनेछ, जसले नेपालमा भित्रिएका ऐतिहासिक कार मोडलहरू देखाउनेछ।

साथै, रोबोट प्रदर्शनमा युनिट्री जी वान ह्युमानोइड रोबोट, युनिट्री गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू राखिनेछन्।

प्रतिष्ठित ब्राण्डहरू: AMPERE, ATHER, AUCWELL, BYD, CHERY WANDA, CHETAK, DEEPAL, DONGFENG, FORTHING, GARROW, HYUNDAI, KAIYI, KAMA, KIA, LEAP MOTOR, MAXUS, MG, NEW GONOW, NISSAN, OMODA JAECOO, PROTON, ROYAL ENFIELD, SKYWORTH, SML-ISUZU, SUZUKI, TATA, TVS, XPRESS-T, YAHAMA, ZONTES

५ दिनसम्म चल्ने यस प्रदर्शनीमा लगभग ४५,००० आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ।

टिकटमा विशेष आकर्षण: खल्ती एपमार्फत टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० साधारण टिकटमा ५०% र पहिलो १०० विद्यार्थी टिकटमा १००% क्यासब्याक, QR Partner युनियन पे मार्फत प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *