होलीको दिन भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक कार दुर्घटना हुँदा प्रधान परिवारका घाइते भएका मध्ये चार जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो भएको दुर्घटनामा घाइतेमध्ये काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान ५५ वर्षीया कृष्णमाया प्रधान र ४४ वर्षीया अनिता श्रेष्ठको उपचारको क्रममा (१३ दिनपछि) मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
नगरकोटबाट सुडालतर्फ आउँदै गरेको डाइहात्सु बा ५ च. ७८८१ नम्बरको निजी कार दुर्घटना हुँदा पाँच जना घाइते भएका थिए ।
डाइहात्सु कारको कार अचानक ब्रेक फेल भई (धेरै कोशिश गर्दा समेत नियन्त्रणमा नआएपछि) भित्तामा ठोक्किएर कार बाटोमुनी करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
चालक योगेन्द्र प्रधान निकैं लामो समयदेखी विदेशका हेभी सवारी कुदाउँथे भने केही महिनाको छुटिमा भतिजको बिहेको लागि नेपाल आएको र एक सातापछि विदेश समेत फर्किने पारिवारिक स्रोतले बताए ।
घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
१३ दिनपछि उपचारको क्रममा बि एण्ड बि अस्पतालमा मृत्यु भएका जडिबुटिका अनिता श्रेष्ठको दुई छोराहरु जय र देव श्रेष्ठ हाल सिसिआरसी कलेजमा स्नातक तहका अध्ययनरत छन् ।