पोखरामा महिन्द्रा eSUV प्रदर्शनी

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले पोखरामा नयाँ इलेक्ट्रिक एसयूभी BE 6XEV 9e सार्वजनिक गरेको छ।

यी गाडीहरू पोखराका विभिन्न स्थानहरूमा प्रदर्शनीमा राखिएका छन् र सीमित समयसम्म ग्राहकहरूले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

कम्पनीका अनुसार यी eSUV हरू उन्नत INGLO प्लेटफर्म र आधुनिक MAIA प्रविधि मा आधारित छन्, जसले इलेक्ट्रिक सवारीमा नयाँ अनुभव दिनेछ।

BE 6 स्पोर्टी र एड्भेन्चर शैलीमा डिजाइन गरिएको छ भने XEV 9e ले अझ प्रिमियम र आरामदायी अनुभव दिन्छ।

यी गाडीहरूको प्रारम्भिक मूल्य ५७ लाख रुपैयाँ (BE 6)६९ लाख रुपैयाँ (XEV 9e) बाट सुरु हुन्छ र विभिन्न भेरियन्टमा उपलब्ध छन्।

कम्पनीले यस प्रदर्शनीमार्फत ग्राहकहरूलाई इलेक्ट्रिक सवारीको भविष्य अनुभव गर्न आमन्त्रण गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *