Skip to content
काठमाडौं — सडक स्तरोन्नतिका लागि रसुवा नाका निश्चित अवधिसम्म बन्द हुने भएको छ।
गल्छी–त्रिशुली–मै्लुङ–स्याफ्रुबेसी–रसुवागढी सडक सुधार गर्न चैत १८ गतेदेखि तीन महिनासम्म हरेक महिनामा १५ दिन सडक बन्द गरिने निर्णय गरिएको हो।
सूचना अनुसार पहिलो चरणमा अप्रिल १ देखि १५ सम्म बाटो बन्द हुनेछ भने त्यसपछि केही दिन खुलाएर फेरि मे र जुन महिनामा पनि यही तालिकाअनुसार बन्द गरिनेछ।
सडकको जोखिमयुक्त भागमा काम गर्न सहज बनाउन यस्तो निर्णय गरिएको हो। आपतकालीन र अत्यावश्यक सवारी भने सञ्चालन गर्न दिइने सम्बन्धित आयोजनाले जनाएको छ।
Post Views: 63