मनकामना फर्किँदा बस दुर्घटना

मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री चढेको माइक्रोबस दुर्घटनामा परेको छ। यस घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउने सबै भारतीय नागरिक रहेको बताइएको छ। माइक्रोबस बागमती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी सवारी साधन हो।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ क्षेत्रमा शनिबार साँझ करिब ७:५५ बजे दुर्घटना भएको हो। तीव्र गतिका कारण गाडी नियन्त्रण बाहिर गई सडकबाट झण्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सवारीमा चालकसहित १४ जना सवार थिए। दुर्घटनामा ५ पुरुष र २ महिलासहित ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।

घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि आबुखैरेनी पठाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *