हिमालय एयरलाइन्सले रियाद, दमाम र दोहाका लागि टिकट लिएका यात्रुहरूलाई सम्पूर्ण रकम फिर्ता गर्ने घोषणा गरेको छ।
एयरलाइन्सका अनुसार हालको परिस्थितिका कारण यी तीन गन्तव्यका सबै उडान अस्थायी रूपमा रद्द गरिएको छ। त्यसैले टिकट काटेका यात्रुलाई पूरा रकम फिर्ता गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
रकम फिर्ता लिनका लागि यात्रुहरूलाई हिमालय एयरलाइन्स वा टिकट जारी गरेको सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
Post Views: 56