सात महिनामा १४ हजार सवारी दर्ता

चालु आर्थिक वर्षको पहिलो सात महिनामा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा १४ हजारभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन दर्ता भएका छन्।

कार्यालयका अनुसार साउनदेखि माघसम्म १४ हजार २१८ युनिट सवारी दर्ता भएका छन्। यसमध्ये करिब ४५ प्रतिशत विद्युतीय सवारी (इभी) रहेका छन्।

यस अवधिमा ६ हजार ३९४ युनिट विद्युतीय कार, जीप र भ्यान दर्ता भएका छन् भने पेट्रोल वा डिजेलबाट चल्ने ५ हजार ३३८ युनिट चारपाङ्ग्रे सवारी दर्ता भएका छन्।

त्यस्तै बस ७४६, मिनिबस वा मिनिट्रक ३७६, ट्रक, टिपर, ट्यांकर तथा कन्टेनर ७६८, क्रेन, डोजर, एस्काभेटर र लोडर ५७२ तथा माइक्रो २४ युनिट दर्ता भएको कार्यालयले जनाएको छ।

महिनागत तथ्यांक अनुसार साउनमा १,०३६, भदौमा १,८४८, असोजमा ३,०९७, कात्तिकमा १,५७६, मंसिरमा १,४०३, पुसमा २,२३९ र माघमा २,०१९ सवारी दर्ता भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *