Skip to content
इजरायलमा इन्जिन परिवर्तन गरेर ल्याइएको Nepal Airlines Corporation (एनएसी) को न्यारोबडी जहाज दुई सातादेखि ग्राउण्डेड गरिएको छ।
९एन-एकेएक्स कलसाइन भएको जहाजमा चट्याङ लागेर पंखा (विङ) मा क्षति पुगेपछि उडान रोकेर पार्किङमा राखिएको हो।
एनएसीका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार चट्याङका कारण भएको क्षति मर्मत गर्न जहाज मलेसिया लैजाने तयारी भइरहेको छ।
उनका अनुसार नेपालमै पूर्ण मर्मत सम्भव नभएकाले अस्थायी रूपमा जाँच गरेर एयरबस कम्पनीलाई रिपोर्ट पठाइएको छ।
एयरबसबाट जवाफ आएपछि आवश्यक पार्ट्स उपलब्ध हुने स्थानमा जहाज लगेर मर्मत गरिने योजना रहेको उनले बताएका छन्।
पश्चिम एसियामा देखिएको तनावका कारण जहाज मर्मतको प्रक्रिया पनि केही जटिल बनेको बताइएको छ।
उक्त जहाज भाडामा लिएको इन्जिन फिर्ता गरेर आफ्नै इन्जिन जडान गरी तीन सातापछि माघ ६ गते मात्र इजरायलबाट काठमाडौं ल्याइएको थियो।
तर नेपाल फर्किएको केही समयमै चट्याङ लागेर क्षति भएपछि जहाज अहिले उडान नगरी ग्राउण्डेड अवस्थामा राखिएको छ।
Post Views: 77