Skip to content
पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा वायु प्रदूषण निकै बढेको छ। प्रदूषणका कारण आकाश धमिलो देखिएको छ र घाम पनि राम्रोसँग लाग्न सकेको छैन।
आज बिहानदेखि काठमाडौँको मौसम धुम्म देखिएको छ। दृश्यता कम हुँदा यातायात र हवाई उडानमा पनि सामान्य असर परेको बताइएको छ।
हावामा धुलो र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोल्ने तथा सास फेर्न असहज हुने समस्या महसुस गरिरहेका छन्।
Department of Environment Nepal का अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक (AQI) जोखिमपूर्ण स्तरमा पुगेको छ।
लामो समयदेखि हिउँदे वर्षा नहुनु र देशका विभिन्न ठाउँमा लागेको डढेलोको धुवाँ हावासँगै उपत्यकामा आइपुगेकाले प्रदूषण बढेको मौसमविद्हरूले बताएका छन्।
स्वास्थ्य विज्ञहरूले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी रोग भएका व्यक्तिलाई सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिएका छन्।
अत्यावश्यक अवस्थामा बाहिर निस्कनुपरेमा राम्रो गुणस्तरको मास्क प्रयोग गर्न पनि उनीहरूले आग्रह गरेका छन्।
मौसमविद्हरूका अनुसार तत्काल ठूलो वर्षा वा बलियो हावा चल्ने सम्भावना कम भएकाले आगामी केही दिनसम्म प्रदूषणको अवस्था यस्तै रहन सक्छ।
सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन पनि सर्वसाधारणलाई अनुरोध गरेका छन्।
Post Views: 136