धरहरा पार्किङ व्यवस्थापन

पुनःनिर्माण पछि धरहराभित्र भूमिगत पार्किङस्थलको व्यवस्थापन काठमाडौँ महानगरपालिकालाई दिइएको छ।

यो पार्किङस्थलमा ३४७ कार र ७०० मोटरसाइकल अट्ने क्षमता रहेको छ।

गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र महानगरपालिकाबीचको छलफलपछि व्यवस्थापन जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरिएको हो।

धरहरा क्षेत्रको सञ्चालन र व्यवस्थापनका लागि दीर्घकालीन र तत्कालीन परियोजना तयार गर्न समिति गठन गर्ने पनि निर्णय भएको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडकमा पार्किङको विकल्पका रूपमा भूमिगत पार्किङ सुरक्षित र निःशुल्क बनाइने जानकारी दिइन्।

धरहरा विसं २०७२ को भूकम्पपछि पुनःनिर्माण गरिएको हो, जसको लागत ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँ लागेको थियो।

धरहरा ७९.२ मिटर अग्लो छ र बाहिर ११ तला देखिए पनि भित्र २२ तला रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *