Skip to content
हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा हेटौँडा–५ शान्तिनगरका १८ वर्षीय क्षितिज रायमाझी रहेका छन्।
आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ जाँदै गरेको बा प्र ०३–००६ प २७१२ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको ना ४ च ६०५३ नम्बरको गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटरमा सवार दुवै जना घाइते भएका थिए।
घाइतेलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल लगिएकोमा रायमाझीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्का घाइते १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिएर फरार हुने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।
Post Views: 63