भारतीय एम्पियरका दुई नयाँ स्कुटर

नेपालमा भारतीय दुईपाँग्रे इलेक्ट्रीक ब्राण्ड एम्पियरको नेपालका लागि आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसन प्रालिले नयाँ स्कुटरको बिक्री थालेको हो ।

कम्पनीले एम्पियरको मेग्नस निओ र नेक्सस दुई नयाँ स्कुटरको मोडल बजारमा उपलब्ध गराएको हो ।

कम्पनीले एम्पियर मेग्नस निओको मूल्य ३ लाख र नेक्ससको ३ लाख ३५ हजार रुपैयाँ तोकेको छ ।

एम्यिरको स्कुटरमा प्रयोग गरिएकाे लिथियम फेरो फोस्फेट ब्याट्रीप्याकले अत्यन्तै चिसो र तातोमा पनि काम गर्छ ।

यसको ब्याट्री माइनस ४० डिग्री र अत्यन्तै तातो ६० डिग्री तापक्रममा परीक्षण भएको छ ।

यो ब्याट्रीको २ हजार लाइफ साइकल रहेको छ । कम्पनीले ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टि दिएको छ । यो ब्याट्रीलाई घरमै साढे ३ घण्टामा चार्ज गर्न सकिन्छ ।

एम्पियर मेग्नस निओ एम्पियर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ ।

यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री प्याक छ । जसले एकपटको फुलचार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो स्कुटरमा आरामदायी सिटसँगै १५० किलोको लोडिङ क्षमता । यसको १६५ एमएमको ग्राउण्ड क्लियरेन्स छ । यो स्कुटरमा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छ ।

एम्यिर नेक्सस भने मेग्नस निओभन्दा शक्तिशाली ३.३ किलोवाटको इलेक्ट्रीक मोटर छ ।

यसमा ३ किलोवाट आवरको LFP ब्याट्री भएको यसले एकपटकको फुलचार्जमा १०७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

मिड माउन्ट मोटर भएको मेक्ससमा रिभर्ससहित विभिन्न ५ ड्राइभ मोड उपलब्ध छ ।

एम्पियर स्कुटरमा अलोय ह्वील, डिस्क ब्रेक, एलईडी लाइट, यूएसबी चार्जर, कलर डिस्प्ले जस्ता फिचर उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *