दरखोलामा मोटरेबल पुल

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङस्थित दरखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत २५ मिटर लामो पुल बनाउन थालेको हो।

कार्यालयका अनुसार २०८१ भदौ १९ गते ५ करोड ५९ लाख ३३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो र निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको छ।

पुल बनाउन खोलाको धार डाइभर्सन गरी पिल्लर राख्ने ठाउँ तयार पार्ने काम भइरहेको छ।

ठेक्का अवधि १ वर्ष ५ महिना तोकिएको छ। पुल बनेपछि मुना–खोरिया–लमसुङ–लुलाङ–गुर्जा सडकमार्फत धवलागिरि गाउँपालिकाको वडा १ र २ लाई केन्द्रसँग वर्षभर नियमित यातायात सञ्चालन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ।

अहिले बर्खामा बाढी आएपछि सिधा यातायात बन्द हुने समस्या छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *