१३० वर्षभन्दा लामो इतिहास भएको युरोपेली कार ब्रान्ड स्कोडा अटो ले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइन आधारित इन्जिनियरिङ परम्परा प्रस्तुत गरेको छ।
सन् १८९५ मा स्थापना भएको स्कोडा अहिले विश्वका १०० भन्दा बढी बजारमा उपलब्ध छ।
यो ब्रान्ड दैनिक प्रयोगका लागि भरपर्दो, गुणस्तरीय र व्यावहारिक सवारीसाधन बनाउने कम्पनीका रूपमा परिचित छ।
स्कोडाले वर्षौँदेखि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्डहरू पनि जित्दै आएको छ।
यसको क्लिन र उपयोगी डिजाइन का कारण धेरै पटक रेड डट डिजाइन अवार्ड प्राप्त गरेको उल्लेख गरिएको छ।
साथै, युरो एनसीएपी क्र्यास टेस्टमा उच्च सुरक्षा रेटिङ पाउनुले यात्रु सुरक्षा र संरचनात्मक मजबुतीमा स्कोडाको ध्यान देखाउँछ।
ग्राहक सन्तुष्टि र मूल्याङ्कन रिपोर्टहरूमा पनि स्कोडा विश्वसनीयता र निर्माण गुणस्तरका आधारमा अगाडि देखिएको छ।
स्कोडाको मुख्य विशेषता भनेको यसको बलियो युरोपेली इन्जिनियरिङ डीएनए हो।
कडा युरोपेली मापदण्डअनुसार बनाइने स्कोडाका कारहरूमा उन्नत उत्पादन प्रक्रिया र मजबुत सामग्री प्रयोग हुने भएकाले टिकाउपन, सुरक्षा र दीर्घकालीन विश्वसनीयता सुनिश्चित हुने कम्पनीको दाबी छ।
नेपालमा पनि स्कोडाले ग्राहकको विश्वास जित्दै आएको छ। अक्टाभिया, र्यापिड, कुशाक र स्लाभिया जस्ता मोडलहरू सहरदेखि राजमार्गसम्म देखिन थालेका छन्।
यी कारहरू मजबुत निर्माण, स्थिर राइड क्वालिटी, राम्रो स्टेयरिङ र रिफाइन्ड अटोमेटिक ट्रान्समिसन का लागि प्रशंसित छन्, जुन नेपाली सडकका लागि उपयुक्त मानिन्छ।
स्कोडाले चेसिस ट्युनिङ र स्टेयरिङ सटीकतामा विशेष ध्यान दिने बताइएको छ। यसले उकालो, घुमाउरा बाटो र लामो यात्रामा पनि आराम र नियन्त्रण दिने कम्पनीको भनाइ छ।
अटोमेटिक ट्रान्समिसनको स्मूथनेस र विश्वसनीयताले भीडभाड र उकालो बाटोमा पनि तनाव कम हुने ड्राइभिङ अनुभव दिने र इन्धन बचतमा सहयोग गर्ने उल्लेख गरिएको छ।
यही डिजाइन, सुरक्षा र इन्जिनियरिङ परम्परालाई अघि बढाउँदै स्कोडाले नेपालमा नयाँ स्कोडा कायलाक अटोमेटिक पनि प्रस्तुत गरेको छ।
कायलाकलाई आत्मविश्वासपूर्ण प्रदर्शन, सजिलो ड्राइभिङ र दीर्घकालीन स्वामित्व अनुभव दिने गरी डिजाइन गरिएको बताइएको छ।