सिद्धार्थ राजमार्ग सुधार तयारी

पोखरा–बुटवल जोड्ने सिद्धार्थ राजमार्ग सुधारका लागि अध्ययन र प्रारम्भिक तयारी गर्न एसियाली इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआईआईबी) ले २० लाख अमेरिकी डलर अनुदान दिएको छ।

सरकारले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

चिनियाँ पहलमा स्थापना भएको एआईआईबीको नेपाल पनि सेयर सदस्य राष्ट्र हो।

पोखरालाई लुम्बिनीसँग जोड्ने १५७ किलोमिटर लामो यो सडक २०२८ सालमा बनेको हो।

जीर्ण अवस्थामा पुगेकाले यात्रा असुरक्षित र समय लाग्ने भएपछि स्थानीय तहबाट लामो समयदेखि सुधारको माग हुँदै आएको छ।

सरकारले सडक सुधारसँगै यात्रा समय घटाउने, सडक छोट्याउने, पुल र सुरुङसहित चौडा सडक बनाउने तयारी गरेको छ।

स्तरोन्नति पछि सडक बाह्रैमास सञ्चालनयोग्य बनाइने योजना छ।

यो राजमार्ग भारतसँगको व्यापारिक मार्गसमेत भएकाले महत्वपूर्ण मानिन्छ। कुल दूरीमध्ये ६७ किलोमिटर स्याङ्जा जिल्लामा पर्छ।

हाल ६.८–७ मिटर चौडा सडक स्तरोन्नति पछि १० मिटर चौडा बनाइनेछ।

स्याङ्जा क्षेत्रमा ३७ वटा पुल निर्माण हुनेछन्। सडक विस्तार गर्दा ४७ हेक्टर वन क्षेत्र प्रभावित हुने र २,८८६ रुख कटान गर्नुपर्ने कुरा वातावरणीय अध्ययनमा उल्लेख छ।

एआईआईबीले भविष्यमा परियोजनाका लागि ऋण दिन पनि चासो देखाएको छ।

हालको अनुदान डीपीआर र अन्य तयारी मा खर्च हुने र त्यसपछि मुख्य आयोजनाका लागि ऋणबारे छलफल अघि बढ्ने अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *