चितवनमा महिन्द्रा ई–एसयूभी

चितवन अटोमोबाइल बजारका लागि महत्वपूर्ण केन्द्र भएकाले त्यसलाई लक्षित गर्दै अग्नि ग्रुपअन्तर्गतको अग्नि आस्था प्राइभेट लिमिटेडले नयाँ इलेक्ट्रिक एसयूभी बीई–६एक्सईभी ९–ई सार्वजनिक गरेको छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ तथा महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री म्यानेजर चैतन्य कागलकारले संयुक्त रूपमा यी गाडी सार्वजनिक गरेका हुन्।

बीई–६ को मूल्य ५७ लाख रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ, जसका तीन भेरियन्ट उपलब्ध छन्।

त्यसैगरी एक्सईभी ९–ई को मूल्य ६९ लाख रुपैयाँदेखि माथि रहेको छ र यसका पनि तीन भेरियन्ट छन्।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष श्रेष्ठले नेपाल तथा क्षेत्रीय स्तरमा इलेक्ट्रिक मोबिलिटी प्रवर्द्धनका लागि कम्पनीको दीर्घकालीन दृष्टिकोण प्रस्तुत गरे।

महिन्द्राका कन्ट्री म्यानेजर कागलकारले ‘बर्न इलेक्ट्रिक भेहिकल’ प्रविधि र महिन्द्राको विश्वव्यापी ईभी रोडम्यापबारे जानकारी दिए।

सार्वजनिक गरिएका यी इलेक्ट्रिक एसयूभीहरू महिन्द्राको आधुनिक इङ्ग्लो प्लेटफर्ममा आधारित छन् र विश्वकै अत्याधुनिक मानिने माया इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरद्वारा सञ्चालित छन्।

कम्पनीले यी गाडीहरू चाँडै वीरगञ्ज, भैरहवा, इटहरी लगायत अन्य शहरहरूमा पनि सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *