ग्लोबल आइएमईको रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा देशका सातै प्रदेशमा एकैसाथ वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।

यो कार्यक्रम बैंकले वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममध्ये एक हो।

बैंकले पुस १८ गतेबाट स्थापना भएको १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा कोशीदेखि सुदूरपश्चिमसम्म विभिन्न शाखामार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

कोशीको तीनपैनी, मधेशको बर्दिवास, बाग्मतीको कान्तिपथ र नारायणगढ, गण्डकीको पोखरा न्यूरोड, लुम्बिनीको बुटवल चौराहा र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न कार्यक्रममा ५५८ जनाले रक्तदान गरेका छन्।

संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकताका आधारमा उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ।

साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको यो बैंकले देश–विदेशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *