आइएमईले साउदी अरबबाट टिक्मो एपमार्फत रकम पठाउँदा उपहार जित्ने योजना सार्वजनिक गरेको छ।
पौष २१बाट चैत्र १७ सम्म चल्ने यस अभियानअन्तर्गत साउदीमा रहेका नेपालीले टिक्मो एपमार्फत आइएमईमार्फत पैसा पठाउँदा विभिन्न पुरस्कार जित्न पाउनेछन्।
यस योजनाअन्तर्गत एकजना मेगा पुरस्कार विजेताले बीवाइडी एटो १ इलेक्ट्रिक सवारी (ईभी) जित्ने मौका पाउने छन्।
त्यस्तै, मासिक दुईजना विजेताले याडी ओविन ईभी स्कुटर, र साप्ताहिक १२ विजेताले आइफोन १७ पुरस्कार जित्ने अवसर हुनेछ।
आइएमईले विदेशमा बसेर पैसा पठाउने नेपालीलाई केवल रकम पठाउनुको अतिरिक्त उपहार जित्ने अवसर पनि प्रदान गरिएको जनाएको छ, जसले आर्थिक रूपले मात्र नभई मनोरञ्जन र पुरस्कारको माध्यमबाट समेत सेवा प्रयोगलाई आकर्षक बनाउने उद्देश्य राखेको छ।