एसेम्बल उद्योगमा अनुगमन

एसेम्बल उद्योगले दर्ता हुँदा राखिएका सर्त पूरा गरेको छ कि छैन भनेर अब उद्योग विभागले अनुगमन गर्न लागेको छ।

अहिले पहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सहुलियत ग्राहकलाई मिलेको छ कि नभएको विषयमा विवरण मागेको थियो।

त्यसपछि उद्योग विभागले पनि दर्ता गर्दा तोकिएका सर्तहरू—जस्तै आवश्यक भ्यालु एड प्रतिशत, रोजगारी लक्ष्य र स्वदेशी कच्चा पदार्थ प्रयोग लगायतका सर्त पालना भएको छ कि छैन भनेर जाँच गर्ने निर्णय गरेको हो।

विभागले सर्त पूरा नहुँदा किन पूरा नभएको भन्नेसमेत जवाफ माग्ने तयारीमा रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *