भीमफेदीमा सुमो दुर्घटना

बागमती प्रदेशको भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा जुरीखेतमा सुमो गाडी दुर्घटना भएको छ।

काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको सुमो गाडी साँझ दुर्घटना हुँदा छ जना मानिसको मृत्यु भएको छ।

घाइते नौमध्ये तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतकहरूको पहिचान अझै पूरा हुन बाँकी रहेको र घाइतेलाई उद्धार गरी उपचारका लागि लगिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *