सुरक्षा निकायको नयाँ गाडी टेन्डर

नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयोग गर्न नयाँ सवारी साधन किन्न निकालिएको टेन्डरमा टाटा, महिन्द्रा र जीलीको रिडारा ब्रान्डले बाजी मारेका छन्।

सुरक्षा निकायले जेनजी आन्दोलनका दौरान क्षति पुगेका र चुनावकालका लागि आवश्यक पर्ने गाडीहरू खरिद गर्न टेन्डर आह्वान गरेको थियो।

यसअन्तर्गत १ अर्ब रुपैयाँको बजेटमा कुल २३५ वटा नयाँ गाडी खरिद हुने योजना रहेको छ।

टाटाले १५० युनिट, महिन्द्राले ७५ युनिट र रिडाराले १० युनिट गाडीमा टेन्डर जितेको छ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले यी कम्पनीहरूलाई गाडी उपलब्ध गराउने जिम्मा दिइसकेको छ।

महिन्द्राको क्याम्पर र टाटाका योद्धा मोडलहरू सुरक्षा निकायहरूले उपयोग गर्ने योजनामा छन्।

रिडारा इलेक्ट्रिक पिकअप पनि विशेष आवश्यकताअनुसार एक्सेसरी सहित उपलब्ध गराइनेछ।

सरकारी खरिदले अटोमोबाइल बजारलाई समेत सकारात्मक प्रभाव पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *