बागलुङ सडक कालोपत्र सुरु

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्रका तीन सडकखण्डमध्ये मुलपानी–तितौरे ९ किलोमिटर सडक कालोपत्र गर्ने काम सुरु गरिएको छ।

पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म सडक कालोपत्र सकिएको छ भने अन्य खण्डहरूमा पनि काम अघि बढिरहेको छ।

यसअघि गणेशथान घुम्ती–निरयघाटओढारचौर–ढोडेनी सडकहरू कालोपत्र भइसकेका छन्।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार विश्व बैंकले बागलुङसहित १७ स्थानीय तहलाई सडक स्तरोन्नतीका लागि अनुदान दिएको छ।

यस क्रममा सडक कालोपत्रका लागि ४९ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *