Skip to content
विश्वभर विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढ्दै जाँदा ब्याट्री उत्पादनमा लगानी उल्लेख्य रूपमा वृद्धि भएको छ।
ब्याट्री प्रविधि अझ शक्तिशाली र उन्नत बन्दै जाँदा विद्युतीय कारको मूल्य क्रमशः घट्दै गएको छ।
अनुमान अनुसार २०२६ को अन्त्यसम्म आन्तरिक दहन इन्जिन (ICE) कार र विद्युतीय कारको मूल्य करिब बराबर हुने सम्भावना छ।
यो परिवर्तन सम्भव हुनुमा देशहरू र सवारी उत्पादकहरूले ब्याट्री उत्पादन, प्रविधि र केमेस्ट्रिमा गरेको ठूलो लगानी मुख्य कारण हो।
कम लागतमा बढी ऊर्जा सञ्चय गर्न सक्ने ब्याट्री बजारमा आउन थालेका छन्।
देशगत रूपमा हेर्दा चीन ब्याट्री उत्पादनमा सबैभन्दा धेरै लगानी गर्ने देश हो र अहिले चीन नै विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार पनि हो।
विद्युतीय कारसँगै ऊर्जा ग्रिडमा सञ्चयका लागि पनि ब्याट्रीको प्रयोग बढेकाले माग र लगानी दुवै बढेको छ।
२०२५–२६ मा चीनमा १ खर्ब ३० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने अनुमान छ, जुन विश्वको कुल लगानीको ७१ प्रतिशत हो।
-
युरोप: २० अर्ब २० करोड डलर (११%)
-
अमेरिका: १८ अर्ब ४० करोड डलर (१०%)
-
दक्षिणपूर्वी एसिया: १ अर्ब ८० करोड डलर (१%)
-
भारत: १ अर्ब ७० करोड डलर (०.९%)
-
बाँकी विश्व: ११ अर्ब डलर (६%)
समग्रमा, २०२५–२६ मा विश्वभर ब्याट्री उत्पादनमा १ खर्ब ८४ अर्ब डलर लगानी हुने अनुमान गरिएको छ, जुन २०२३–२४ को १ खर्ब १० अर्ब डलरभन्दा धेरै हो।
Post Views: 224