रसुवा नाका ६ महिनापछि खुल्यो

असारमा आएको बाढीका कारण बन्द भएको रसुवा नाका ६ महिनापछि फेरि खुल्यो।

चीनले बनाएको बेलिब्रिज पूरा भएसँगै नाका खोलिएको हो।

अब मानिस, व्यवसायी, ट्रक र कन्टेनरहरूलाई आउजाउ र सामान ल्याउन–जान अनुमति दिइने रसुवा भन्सार कार्यालयले जनाएको छ।

बाढीले बगाएको सडक अहिले एकतर्फी खुल्ने अवस्थामा रहेको छ र क्रमशः दुवै दिशामा यातायात सहज बनाउन काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *