नेपालकै प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड GAROW ले नेपालकै उच्चतम रेन्ज भएको EV स्कुटर GAROW DT-53 मा नयाँ वर्षको अवसरमा “Charge Gara, Muskan Vara” अभियानअन्तर्गत विशेष अफर सार्वजनिक गरेको छ।
यस नयाँ वर्ष अफरअन्तर्गत GAROW DT-53 खरिद गर्ने ग्राहकले विद्युतीय सवारीलाई अझ किफायती, सहज र सन्तोषजनक बनाउने विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्नेछन्।
नयाँ वर्ष अफरका मुख्य सुविधा:
नगद खरिदमा रु. १५,००० छुट, वा
कुनै पनि ब्रान्डको बाइक वा स्कुटर एक्सचेन्ज गर्दा रु. १५,००० अतिरिक्त मूल्यांकन
प्रत्येक खरिदमा निःशुल्क हेलमेट
प्रत्येक खरिदमा निःशुल्क विन्टर ज्याकेट
आकर्षक फाइनान्स सुविधा उपलब्ध
GAROW DT-53 ले एक पटक चार्ज गर्दा अधिकतम २५० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्दछ, जसले यसलाई हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा उच्च रेन्ज भएको इलेक्ट्रिक स्कुटर बनाएको छ। अत्याधुनिक लिथियम–आयन ब्याट्री प्रविधि प्रयोग गरिएको यो स्कुटर दैनिक आवतजावत तथा लामो दूरीका यात्राका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ।
नयाँ वर्ष अभियानबारे GAROW का प्रवक्ताले भने, “Charge Gara, Muskan Vara अभियानमार्फत हामी ग्राहकहरूलाई बचत, सन्तुष्टि र वातावरणमैत्री यात्राको अनुभव दिन चाहन्छौं।”
यो अफर सीमित अवधिका लागि मात्र नेपालभर रहेका सबै आधिकारिक GAROW शोरुमहरूमा उपलब्ध हुनेछ।
GAROW शोरुम सम्पर्क विवरण:
टेकु: ९७६७४७८३१४
महाराजगञ्ज: ९८४३३४५७९०
इमाडोल: ९८६१९४३४३६
बुटवल: ९८०४४५४७९२
बागलुङ: ९८५७६४४४४०
पोखरा: ९८४६३२५८६५
धरान: ९७०२६३७१९४
धनगढी: ९८६४६०७४६२
ग्राहकहरूलाई नजिकको GAROW शोरुममा पुगेर २५० किलोमिटर सिंगल चार्ज रेन्ज भएको DT-53 अनुभव गर्न र नयाँ वर्षलाई स्मार्ट, किफायती तथा मुस्कानसहित सुरु गर्न आग्रह गरिएको छ — Charge Gara, Muskan Vara।