हुन्डाईको विंटर डिलाइट अफर

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले “Hyundai Winter Delight” अभियान सुरु गरेको छ।

२५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियानमार्फत नयाँ वर्षमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकलाई सीमित अवधिका लागि आकर्षक छुट र विशेष सुविधा दिइनेछ।

अभियानअन्तर्गत ग्राहकले रु. ५ लाखसम्मको छुट पाउन सक्नेछन् भने छानिएका मोडलहरूमा रु. १ लाखसम्मको नयाँ वर्ष बोनस पनि उपलब्ध हुनेछ।

साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको सुविधा पनि दिइनेछ।

हुन्डाईका सबै गाडीमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी तथा ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध रहेको कम्पनीले जनाएको छ, जसले हुन्डाईको गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ।

देशभरका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको लाभ लिन हुन्डाई नेपालले ग्राहकहरूलाई आमन्त्रण गरेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले भविष्यमा पनि ग्राहकलाई सहज र मैत्रीपूर्ण सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *