‘जीकर एक्स नाउ ओर नेभर’ अफरमा २० लाख छुट

नेपालमा जीकर सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले क्रिसमस तथा नयाँ वर्षलाई लक्षित गर्दै विशेष ‘जीकर एक्स नाउ ओर नेभर’ अफर सार्वजनिक गरेको छ ।

लक्जरी इलेक्ट्रिक मोबिलिटीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ ल्याइएको यस सीमित अवधिको अफरले नेपालकै अत्याधुनिक पूर्ण–इलेक्ट्रिक प्रिमियम एसयूभी खरिद गर्न चाहने ग्राहकहरूलाई आकर्षक अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

दिगो र लक्जरी मोबिलिटीतर्फ देश अघि बढिरहेका बेला पायोनियर मोटोकर्पले यो विशेष मूल्य अफर सार्वजनिक गरेको हो ।

‘नाउ ओर नेभर’ अफर अन्तर्गत प्रिमियम लक्जरी इलेक्ट्रिक एसयूभी जीकर एक्स अब नियमित मूल्य रु. ८४ लाख ९९ हजारबाट घटेर विशेष फेस्टिभ मूल्य रु. ६४ लाख ९९ हजारमा उपलब्ध हुने छ ।

जीकर एक्स भोल्भो EX30 सँग साझा गरिएको अत्याधुनिक गिली SEA2 प्लेटफर्ममा निर्माण गरिएको सवारी साधन हो ।

गिलीको नवीनतम प्रविधि र नवप्रवर्तनमा आधारित यस एसयूभीमा २०० किलोवाट क्षमताको उच्च प्रदर्शन मोटर जडान गरिएको छ, जसले ३४३ न्यूटनमिटर टर्क उत्पादन गर्दछ ।

यो सवारी साधनले केवल ५.६ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्ने क्षमता राख्दछ ।

स्वीडेनको गोथेनबर्गस्थित जीकर ग्लोबल डिजाइन सेन्टरमा डिजाइन गरिएको जीकर एक्समा मिनिमलिस्ट डिजाइन, फ्रेमलेस ढोका र १४.६ इन्चको स्लाइड हुने केन्द्रीय स्क्रिनसहितको लक्जरी इन्टेरियर समावेश गरिएको छ ।

१३ स्पिकरको यामाहा सराउण्ड साउण्ड सिस्टमले यसको प्रिमियम अनुभवलाई अझ सशक्त बनाएको छ ।

सुरक्षाको पक्षलाई उच्च प्राथमिकता दिइएको जीकर एक्सले युरो एनसीएपी र ग्लोबल एनसीएपी दुवैबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

यसमा ७ वटा एयरब्याग तथा लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ, जसले यसलाई सुरक्षा दृष्टिले अग्रणी इलेक्ट्रिक एसयूभी बनाएको छ ।

नेपाली सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको जीकर एक्समा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ६६ किलोवाट–आवर क्षमताको ब्याट्री दिइएको छ ।

यसले डब्लुएलटिपी मापदण्डअनुसार एक पटकको पूर्ण चार्जमा करिब ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका अनुसार यो सीमित अवधिको उत्सव अफर ग्राहकहरूका लागि विश्वस्तरीय इलेक्ट्रिक मोबिलिटी अत्यन्तै आकर्षक मूल्यमा अनुभव गर्ने “नाउ ओर नेभर” अवसर हो ।

पायोनियर मोटो कर्प प्रा. लि. नेपालका अग्रणी अटोमोबाइल वितरकहरूमध्ये एक हो । कम्पनीले सशक्त बिक्री तथा सेवा सञ्जालमार्फत अन्तर्राष्ट्रिय स्तरका अटोमोबाइल ब्रान्डहरू नेपाली बजारमा भित्र्याउँदै आएको छ ।

थप जानकारीका लागि नजिकको जीकर शोरूममा सम्पर्क गर्न वा कम्पनीको आधिकारिक वेबसाइट अवलोकन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *