Skip to content
अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डको पहिलो खण्ड साँगा–धुलिखेलको स्तरोन्नति कार्य तीव्र बनाइएको छ।
गत मंसिरमा म्याद सकिएपछि पुनः एक वर्ष थपिएर काम अगाडि बढाइएको हो।
आठ किलोमिटर लामो यस सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड रुपैयाँमा पाएको थियो।
अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी ४० प्रतिशत अधुरो छ। पिचबाहेक भौतिक प्रगति ९० प्रतिशत पूरा भएको छ।
सडकको विभिन्न खण्डमा कालोपत्रे, कटिङ, ग्राभेल, पर्खाल र फिलिङका काम तीव्र रूपमा अघि बढिरहेका छन्।
पुलबजार–जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा हाल प्रमुख काम भइरहेको छ।
दोस्रो खण्ड सूर्यविनायक–साँगा ७.५ किलोमिटरको विस्तारका लागि तीन अर्ब ८८ करोड रुपैयाँमा ठेक्का लगाइएको छ।
साँघुरो सडकका कारण बढ्दो ट्राफिकलाई ध्यानमा राख्दै यसलाई छ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ।
Post Views: 72