ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती र आलङ्कारीक बालीमा हरितगृह प्रविधि प्रयोग गर्ने तथा यसका लागि सहज कर्जा प्रवाह गर्ने समझदारीमा हस्ताक्षर भएको छ।
बैंकले पुष्प व्यवसायी र कृषकका लागि विशेष हरितगृह कर्जा प्रदान गर्नेछ भने एसोसिएशनले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजना सम्बन्धमा जानकारी दिनेछ।
यसले व्यवसायी तथा कृषकको उत्पादन, गुणस्तरीय पूर्वाधार विकास र सेवा सुधारमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
सम्झौताअन्तर्गत, जलवायु अनुकूलन, दिगो व्यवसाय र आधुनिक प्रविधि अपनाउन पुष्प व्यवसायी र कृषकलाई उत्प्रेरित गरिनेछ।
बैंक र एसोसिएशनको सहकार्यले फुल तथा आलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व बढाउने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंकले देशभर ७७ जिल्लामा ३५२ शाखा, ३८४ एटिएम र अन्य सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेको छ।
बैंकले विश्वका विभिन्न देशबाट नेपाली नागरिकका लागि रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।