नेपालका लागि निसान सवारी साधनको एकमात्र आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले क्रिसमस तथा नयाँ वर्षको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक गरेको छ ।
सीमित अवधिका लागि लागू हुने यस अफरमार्फत ग्राहकहरूलाई आकर्षक छुट, सुविधा तथा उपहारसहित निसान म्याग्नाइट खरिद गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत निसान म्याग्नाइट खरिद गर्ने ग्राहकहरूले रु. १ लाख नगद छुट प्राप्त गर्नेछन् । साथै, पुरानो गाडी एक्सचेन्ज गरी नयाँ निसान म्याग्नाइट खरिद गर्न चाहने ग्राहकहरूका लागि रु. १ लाख एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ ।
महा धमाका अफरअन्तर्गत ग्राहकहरूलाई ३ वर्ष निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गरिनेछ भने थप सुविधाका रूपमा १ वर्षको सम्पूर्ण बिमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्ससमेत कभर गरिनेछ ।
यसका अतिरिक्त, ग्राहकहरूले आईफोन १७ तथा जोडीका लागि थाइल्याण्ड भ्रमण जस्ता आकर्षक उपहार जित्ने अवसर पनि पाउनेछन् ।